arrow

दुर्घटनापूर्व विमानको अगाडिको भागबाट धुवाँको मुस्लो आएको अनुसन्धानमा टोलीको दाबि

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
egypt-air-1-e1463627588207.jpg.jpeg
काएरो (इजिप्ट)। इजिप्ट एअरको विमान समुद्रमा खस्नुपूर्व विमानको अगाडिको भागबाट धुवाँको मुस्लो आएको विमान दुर्घटनाबारे अनुसन्धानमा संलग्न टोलीले शनिबार बताएको छ । 
 
अनुसन्धान टोलीले विमान दुर्घटनापूर्व अगाडिको भागबाट आगो निस्केको बताए पनि विमान दुर्घटनाको बारेमा केही बताएका छैनन् । 
 
बिहीबार पेरिसबाट काएरोका लागि उडेको इजिप्ट एअर कम्पनीको एअर बस ए–३२० आफ्नो लक्ष्यबाट सुरुमा नब्बे डिग्री बनाई फर्किएको तर पछि पूर्ण वृत्त बनाउने गरी मोडिएको यसअघि नै इजिप्टको सेनाले बताएको थियो । त्यसपछि विमानको राडारसँग सम्पर्कविच्छेद भएको भए पनि यसमा कार्यरत कुनै कर्मचारीले पनि कुनै विपद्को सङ्केत भने उक्त समयसम्म संकेत गरेका थिएनन् । 
 
इजिप्टको सेनाले समुद्रमा अहिलेसम्म भेटिएका विमानका भग्नावशेष, एउटा गुलावी रङको सुटकेस, लाइफ ज्याकेट र विमानको नाम अङ्कित बाहिरी भाग र सिटका खोलहरु देखिने फोटोहरु शनिबार सार्वजनिक गरेको छ । 
 
फ्रान्सको उड्डयन प्राधिकरणको सुरक्षा विभाग इजिप्ट एअरको फ्लाइट नं एमएस ८०४ क्याविनमा धुवाँ निस्केको सङ्केत गर्ने स्वचालित सूचना प्राप्त गरेको बताएको छ । 
 
विमानको ब्ल्याक बक्स भने शनिबार अपराह्नसम्म भेटिएको छैन । प्राधिकरण सुरक्षा सम्बन्धि अन्तरराष्ट्रिय पत्रिकाका सम्पादकले बेलायती समाचार संस्था बिबिसीसँगको कुराकानीमा विमानमा प्राविधिक समस्या नभएको भनिहाल्न सकिने अवस्था नभएको बताएका छन् । 
 
उनले भने, विमानको ल्यावमा धुवाँ आएको बताइएको छ, धुवाँको मुस्लो देखिएको करिब तीन मिनेटमा विमानको प्रबिधि वन्द भएको बुझिएको छ । यसैले विमान अपहरण गरिएको सङ्केत पाइदैन, उनले थपे । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ