arrow

मुआब्जाको विषयमा छलफल गर्न बुढीगण्डकीको बोर्ड बैठक बस्दै

logo
प्रकाशित २०७३ जेठ ८ शनिबार
budigandaki-hydro.jpg.jpeg
काठमाडौं । सबैको चासोको विषय बनेको बुढी गण्डकी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको कामको विषयमा  छलफल गर्नको लागि बुढी गण्डकी जलविद्युत आयोजना विकास समितिको बोर्ड बैठक बस्ने भएको छ । अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, विभिन्न सरोकारवालदा निकायका प्रतिनिधि लगायत रहने कार्य समितिको पूर्ण बैठक आईतबारको लागि बोलाईएको समितिका अध्यक्ष डा. लक्ष्मी देबकोटाले जानकारी दिए । 
 
उनले सो बैटकमा जग्गा मुआब्जाको काम कसरी जति सक्दो चाँडो टुङ्गोमा पु¥याउन सकिन्छ, मुआब्जा दिँदा कस्ता समस्याहरू सिर्जना हुनसक्छ र यसको समाधानको लागि के–कस्तो उपायहरू अपनाउन सकिन्छ लयाउतको विषयमा छलफल गरिने अध्यक्ष देबकोटाले जानकारी दिए । 
 
त्यस्तै बेठकमा आयोजनाको जलाशय भन्दा तल निर्माण हुने रि–रेगुलेटिङ ड्यामबाट हामीले कस्ता फाईदाहरू लिन सक्छौं भन्ने विषयमा पनि प्रारम्भिक छलफल गर्ने एजेण्डा रहेको अध्यक्ष देवकोटोले जानकारी दिएको छ । संसद्को कृषि तथालजस्रोत समितिले शुक्रबार मात्रै नेपाली लगानीबाट यथाशक्य चाँडो यो आयोजना निर्माण गर्नको लागि विभिन्न निकायलाई नौं बुँदे निर्देशन दिएको छ । यही निर्देशनको ठीक दुई दिनमा आयोजना विकास समितिले महत्वपूर्ण विषयमा छलफल गर्नको लागि बैठक बोलाएको हो । 
 
उता, आयोजनाको लागि कम्तिमा मुआब्जाको ५० प्रतिशत पुग्ने गरी बजेट छुट्टाउन पनि सरकारसँग प्रभावित क्षेत्रका सांसद्हरूले माग गरेका थिए । समितिले भने सो क्षेत्रमा यो वर्ष कम्तिमा ४६ अर्ब रूपैयाँ छुट्टाउन माग गरेको छ भने सरकारले यस आयोजनाको लागि आजको दिनमा सुन्न आएको मात्रै तीन देखि साढे तीन अर्ब छुट्टाउन लागेको भन्ने सुनिन आएको देबकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ