arrow

आईपीएल क्रिकेट: मुम्बईलाई पाखा लगाउँदै गुजरात प्ले-अफमा प्रवेश

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
IPL_Mccullum.jpg.jpeg
काठमाडौ। गुजरात लायन्सले मुम्बई ईण्डियन्सलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने पहिलो टोली भएको छ। १४ खेलमा १८ अंकका साथ गुजरातले प्लेअफको पहिलो वा दोस्रो ठाउँ पक्का गरेको हो। यो हारसँगै मुम्बई प्लेअफ पुग्नु पहिले नै बाहिरिएको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १७२ रन बनाएको थियो। मुम्बईका नितिश रानाले ३६ बलमा ७० रन बनाएका थिए। १७ ओभरमा १५३ बानउँदै ५ विकेट गुमाएको मुम्बईले अन्तिम ३ ओभरमा ३ विकेट गुामउँदै १९ रन मात्र जोड्न सकेको थियो।
 
राम्रो शुरुवात गरेको मुम्बईले केलको अन्त राम्रो गर्न सकेको थिएन। जोस बटलरले ३३ रन बनाएका थिए भने रोहित शर्माले ३० रनको योगदान दिएका थिए। गुजरातका प्रविण कुमार र ड्वेयन ब्राभोले कसिलो बलिङ गरेका थिए। दुवैले २-२ विकेट हात पारेका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको गुजरातले १७.५ ओबरमा ४ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। कप्तान सुरेश रैनाले ३६ बलमा ५८ रन बनाएका थिए भने ब्रेण्डन मकलमले ४८ रनको योगदान दिएका थिए। 
 
ड्वेन स्मिथ र रविन्द्र जडेजाले ५१ रनको अविजित साझेदारी गर्दै गुजरातलाई जित दिलाएका थिए। सम्िथले ३७ र जडेजाले २१ रन बनाएका थिए। मुम्बईका बिनय कुमारले २ विकेट लिएका थिए। खेलका प्लेयर अफ म्याच सुरेश रैना घोषित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ