arrow

सीपीएलमा यस्तो छ सन्दीपको अहिलेसम्मको प्रदर्शन

सन्दीपको टिम जमैकाको दोस्रो जित, सन्दीपको कसिलो बलिङ

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
sandeep-lamichhane2.jpg

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटमा दोस्रो जित निकालेको छ । 

ट्रिनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले चौंथो खेलमा गुएना अमेजन वारियर्सलाई ५ विकेटले हराएको हो । 

बुधबार बिहान क्विन्स पार्क ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको गुयानाले ९ विकेटको नोक्सानीमा १०८ रन बनायो । 

रोस टेलरले सर्वाधिक २३ रन बनाए । जमैकाका लागि मजीब उर रहमानले ११ रन खर्चेर ३, फिडेल एडवार्डले ३० रन खर्चेर ३ विकेट लिए । 

त्यसैगरी सन्दीप लामिछाने र आन्द्रे रसेलले १–१ विकेट लिए । रसेलले १७ रन खर्चेका थिए भने सन्दीपले मात्र १२ रन खर्चिए । 

जवाफमा जमैकाले बोनरको नटआउट ३० तथा रसेलको नटआउट २३ रनको मद्धतले १८ ओभरमै ५विकेटको नोक्सानीमा जित निकाल्यो । 

जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि लगातार दुई खेल हार्यो । दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेट र तेस्रो खेलमा वारियर्ससँगै १४ रनले पराजित भएको थियो ।

चौथो खेलमा निकालेको जितसंगै जमैका ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

ट्रिनबागो ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । ४ खेलबाट ६ अंकको सेन्ट लुसिया दोस्रो स्थानमा छ । जमैकासंग समान अंक भए पनि रनरेटमा गुएना एमाजोन तेस्रो स्थानमा छ । 

सन्दीपको यस पटकको खेल
सन्दीपले लगातार चार खेल खेलेका छन् । उनले सबै खेलमा विकेट लिएका छन् । पहिलो, दोस्रो र चौथो खेलमा समान १–१ विकेट लिएका सन्दीपले वारियर्सविरुद्ध भने २ विकेट लिएका थिए । 

यसपटकको सन्दीपको राम्रो पक्ष भनेको उनले निकै किफायती बलिङ गरिरहेका छन् । यसकै आधारमा उनी निरन्तर प्लेइङ सेटमा परिरहने आशासमेत गरिएको छ । 

सन्दीप लगातार तेस्रो सिजन सीपीएल खेलिरहेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ