arrow

इलाममा सञ्चालनमा आयो एपोलो अस्पताल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
apolo.jpg

काठमाडौं । विशेषज्ञ सेवासहीत इलाममा एपोलो अस्पताल तथा ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।

पाँचथर, इलाम, तेह्रथुम र ताप्लेजुङका जनतालाई लक्षित गर्दै इलाममा मंगलबार देखि एपोलो अस्पताल सञ्चालनमा आएको हो ।

उक्त अस्पतालले नसा तथा हाडजोर्नी, फिजिसियन, स्त्रीरोग, र रेडियोलोजी सम्बन्धी सेवा दिने गरी ४ जना विशेषज्ञसहीतका स्वास्थकर्मीले सेवा दिने सञ्चालक प्रकाश चापागाँईले जानकारी दिए । ‘विशेषज्ञ सेवाका लागि ४ जना डक्टरको टिम छ । नसा तथा हाडजोर्नी भनेर अर्थोपेडिक छ’ सञ्चालक चापागाँईले भने, ‘एक जना जनरल फिजिसियन, स्त्रीरोग र रेडियोलोजीका विशेषज्ञहरु बस्नुहुन्छ ।’

उनका अनुसार अस्पताल सञ्चालनमा ल्याउन करिब ४ करोड रुपैयाँ लागत लागेको हो ।

अस्पताल सञ्चालनमा आएपछि यिनै सेवाका लागि सर्वसाधारणले भारततिर जानु पर्ने बाध्यताको अन्त्य हुने अस्पतालको आपेक्षा छ ।

विशेषज्ञ सेवाको निजी क्षेत्रका एक मात्रै अस्पताल जिल्लामा रहेको र सरकारी अस्पताल समेत भएकाले सर्वसाधारणले भारततर्फ जानुपर्ने बाध्यताको अन्त्य हुने आपेक्षा लिइएको सञ्चालक चापगाँईले बताए ।

अहिले उक्त अस्पतालमा १५ बेड रहेका छन् । भविष्यमा ५० बेड पुर्याउने योजनाका साथ सुरुवात गरिएको सञ्चालकहरुले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ