arrow

बाँकेमा अहिलेसम्मकै सबैभन्दा धेरैमा संक्रमण

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
covid-test-positive-corona.jpg

नेपालगन्ज । बाँकेमा अहिलेसम्मकै सबैभन्दा धेरैमा कोभिड-१९ संक्रमण भएको छ ।  बुधबार एकै दिन ६७ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो अहिलेसम्मकै उच्च संख्या हो । 

कोहलपुर नगरपालिकाका ५१ जना, नेपालगन्ज उपमहानगरपालिकाका १५ जना र बैजनाथ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

 यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ११ पुगेको छ । यी मध्ये हालसम्म ६ सय ६० जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ