arrow

सिरियाली सरकारी जेलमा सन् २०१० पछि साठी हजार नागरिकको मृत्यु

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
siriya-prision.jpg.jpeg
बेरुत (लेवनान)। सिरियामा जारी द्वन्द्वका क्रममा करिब ६० हजार बन्दीको सरकारी जेलमा मृत्यु भएको सिरियाली मानवअधिकार पर्यवेक्षक समूहले शनिबार बताएको छ । 
 
समूहका प्रमुख रमी अब्देल रहमानले जेलमा मृत्यु भएका बन्दीको सङ्ख्या सरकारी अधिकारीबाट सङ्कलन गरेको बताए । 
 
सन् २०११ को मार्चपछि औषधि तथा खाद्यान्नको अभाव, यातनालगायतका डरलाग्दा घटनाबाट उनीहरुको मृत्यु भएको अब्देलले बताए । 
 
द्वन्द्वका क्रममा सबैभन्दा बढी कैदीबन्दीको मृत्यु सिड्निमा जेलमा भएको थियो । 
 
अधिकारवादी समूहले कैदीबन्दीमाथि नियोजित रुपमा यातना दिने र अमानवीय व्यवहार देखाइने गरेको दाबी गरेको छ । 
 
त्यसैगरी सिरियाको सरकार पक्षबाट द्वन्द्व सुरु भएयता करिब पाँच लाख मानिसलाई पक्राउ गरेको थियो । जसमध्ये कैयौँलाई छानबिनपछि रिहा गरिएको थियो भने हजारौँ मानिसलाई यातना दिँदा जेलमै मृत्यु भएको थियो । 
 
पक्राउ परेका हजारौँ मानिसको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ