arrow

गुणस्तरहीन चिनीलाई गुणस्तरीय भन्ने मतिनालाई कर्णाली सरुवा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १० बुधबार
matina.jpg

काठमाडौं। गुणस्तरहीन प्रमाणित भइसकेको चिनीलाई खानयोग्य भन्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यलाई कारवाही सिफारिस गरिएको छ। भन्सार छलेर भारतबाट आयात गरिएको चिनीलाई विभाग मातहतकै जलेश्वर कार्यालयले परिक्षण गर्दा गुणस्तरहीन प्रमाणित भएको थियो।

राजश्व अनुसन्धान विभागले भन्सार छली गरेर चिनी आयात गरिएको ठहर गर्दै उक्त चिनी परिक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो । तर, आयात गर्ने व्यापारीमा प्रलोभनमा परी विभागकी महानिर्देशक मतिना जोशी वैद्यले उक्त चिनी गुणस्तरीय रहेको प्रमाणित गरिदिइन्।

कृषि तथा पशुपञ्छि मन्त्रालय मातहतको विभाग र विभाग मातहतको जलेश्वर कार्यालयले एउटै चिनी दुई पटक परिक्षण गर्दा दुई थरि नतिजा आएपछि मन्त्रालयले त्यसमा चासो देखाउँदै अध्ययन गर्न समिति गठन गरेको थियो।

उक्त समितिले अध्ययनका क्रममा सो चिनी गुणस्तरहीन प्रमाणित भएको निष्कर्ष निकाल्दै विभागकी महानिर्देशक वैद्यलाई कारवाही रिफारिस गरेको छ। ‘आयातित चिनीको परीक्षण सम्वन्धमा बिभागको लापरवाही देखिनुका साथै प्रचलित कानूनको समेत पालना नगरेको पाईएकोले चिनीको परीक्षण कार्यमा संलग्न कर्मचारी र विभागका महानिर्देशकलाई कानून बमोजिम कारबाहि गर्ने’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नारायण प्रसाद रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उनै वैद्यलाई सरकारले बुधबार कर्णाली सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैद्यलाई कर्णाली प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरेको हो।

उनी विभागकी महानिर्देशक हुँदा विभाग र मातहतको कार्यालयले सुशासनका आधारभुत मान्यता समेत पालना नगरेको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘विभाग र अन्तर्गतका कार्यालयहरूले सुशासनका आधारभूत मान्यताको समेत पालना गरेको देखिएन’ प्रतिवेदनमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ