arrow

अमेरिकी राष्ट्रपति ओबामा एसिया भ्रमणका लागि प्रस्थान

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
obama-asia-trip.jpg.jpeg
वासिङ्टन (संयुक्त राज्य अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो साताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् । 
 
अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्नुहुने बताइएको छ । 
 
ओबामा पहिलो तीन दिन भियतनाम रहने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा भियतनामी उच्च नेतृत्वसँग भेट गर्नुका साथै अमेरिका–भियतनाम सम्बन्धबारे सम्बोधन गर्नेछन् । भियतनाममा रहँदा ओबामाले त्यहाँका नागरिक समाजका अगुवा तथा व्यवसायीसँग पनि ओबामाले भेट्ने कार्यक्रम छ । 
 
भियतनामपछि अमेरिकी राष्ट्रपति सात औद्योगिक राष्ट्रहरुको जापानमा हुने सम्मेलनमा भाग लिन जानेछन् । 
 
ओबामाले जापानको हिरोसिमाको ऐतिहासिक भ्रमणसमेत गर्ने कार्यक्रम छ । 
 
अमेरिकाले पहिलो आणविक बमलाई जापानको हिरोसिमामा सन् १९४५ को अगस्ट ६ मा खसाल्दा करिब ७० लाख जापानीहरुको मृत्यु भएको उक्तस्थानमा त्यसपश्चात् कुनै पनि अमेरिकी राष्ट्रपतिले राष्ट्राध्यक्षका रुपमा भ्रमण गरेका छैनन् । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ