arrow

आज दुईपटक शुभबेला, यस्तो छ समग्रमा दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ भदौ ११ बिहिबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र ११ गते बिहीबार, इस्वीसंवत अगष्ट २७ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको नवमी तिथि रहनेछ । आज ज्येष्ठा नक्षत्र, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा तैतिल, आनन्दादि योगमा काल रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । 

आज दिनमान ३१ घटि ५८ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४१ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २८ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ । खराब निर्णय हुन सक्छ । मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ, आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु अघि ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ । साथी भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ । तपाइको अनुयायीहरु बढ्नेछन भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ । आर्थिक कारोबार सन्तोष जनक रहनेछ । आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै काममको थालनी गर्नु अघि देवी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः आज समय राम्रो रहनेछ । रोकिएका ब्यवसायिक कारोबारमा सुधार आउनेछ । प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ । नयाँ सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ । आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने कुनै काम सुरुवात गर्नु अघि ॐ सरस्वत्यै नमः मन्त्र जपेर अगाडि बढे उत्तम हुनेछ । आज कुनै पनि हालतमा यात्रा नगर्नुहोला । 

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । 

कर्कटः आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ । ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन् ।  परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ । आज नयाँ व्यवसायको थालनी नगर्नुहोला । आज नाग देवताको स्मरण गर्दै अघि बढ्नु भएमा तपाइँले ताकेको काम सजिलै सम्पन्न हुनेछ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । 

सिंहः आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ । शत्रुहरु तपाइँदेखि टाढिन थाल्नेछन । धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ । हतियार बाट निक्सानी हुन सक्छ, निकै चनाखो रहनु होला । आज यात्रा पनि नगर्नुहोला । आजका लागि ६, शुभ रंग सप्तरंगी हो भने कुनै काम सुरुवात गर्नु अघि कुलादेवताको स्मरण र दर्शन पूजा गरेर अघि बढे उत्तम हुनेछ । 

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ ।

कन्याः आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुको लागि फलदायी समय रहनेछ । खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ । पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ । धनमाल हराउन सक्छ चनाखो रहनु होला । आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे हो । यात्रा गर्नु अघि बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले अत्यधिक सफलताका लागि हरियो कपडा लगाने र गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । 

तुलाः आज समय अत्यन्तै खराब छ । बोलीवचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । धनोन्माद बढ्ने र सन्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवं समाजिक सेवामा संलग्न हुने मौका मिल्न सक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । आज हनुमानदेवको भक्तिभाव गर्नु शुभकर हुनेछ । आजको लागि शुभ अंक ८, शुभ रंग पहंलो हो भने कुनै काम सुरुवात गर्नु अघि ॐ नमः शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । 

वृश्चिकः आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।
 

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । दान–पुण्य गर्नाले मानसिक चिन्ता कम हुनेछ । 

धनुः आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तपाइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।

मकरः आज समय खराब छ । मनमा विना कामका चिन्ताले सताउनेछन् । आँपूm अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ । आज सकेसम्म यात्रा नगर्नुहोला ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । 

कुम्भः आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न, बोलीको प्रभाब घट्दो क्रममा रहनेछ । अत्याबस्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ । आजको लागि शुभ अंक ३, शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु अघि ॐ मृत्युन्जयाय  नमः योमन्त्र २३ पटक जप गरेर अघि बढे शुभफल हात लाग्नेछ ।


मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । 

साइतः आज काल योग परेकाले कुनै पनि हातलमा यात्रा गर्नुहुँदैन । काल योगमा यात्रा तथा नयाँ कामको थालनी गरेमा निष्फल हुने धर्मशास्त्रमा उल्लेख छ । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 

बिहान ५ः४१ बजेदेखि         ७ः११ बजेसम्म        शुभ बेला
बिहान ७ः११ बजेदेखि         ८ः४१ बजेसम्म        रोग बेला
बिहान ८ः४१ बजेदेखि         १०ः११ बजेसम्म        उद्धेग बेला
बिहान १०ः११ बजेदेखि        ११ः४१ बजेसम्म        चर बेला
बिहान ११ः४१ बजेदेखि        १ः११ बजेसम्म        लाभ बेला
दिनमा १ः११ बजेदेखि         २ः४१ बजेसम्म        अमृत बेला
दिउँसो २ः४१ बजेदेखि          ४ः११ बजेसम्म        काल बेला
दिउँसो ४ः११ बजेदेखि        ५ः४१ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ