arrow

रासायनिक मलको अझै अभाव, मलको कमीले धानमा ‘राते’ 

logo
विवेक मिश्र, 
प्रकाशित २०७७ भदौ ११ बिहिबार
rasayanik-mal.jpg

बेलबारी । पसाउन लागेको धानमा रोग लागेपछि यहाँका किसान चिन्तित छन् । एकातिर रासायनिक मलको मलको अभाव छ भने अर्कातर्फ पसाउन लागेको धान रोगले मर्न थालेको छ ।

अन्न भण्डारको रुपमा लिईएको झापा मोरङ लगायतका जिल्लामा लगाइएको धान खेतीमा ‘राते’ रोग देखिएको छ । किसानको मुख्य अन्न बालीको रुपमा लिईएको धान नोक्सान हुने देखिएपछि किसान चिन्तित भएका छन् । 

सुरुमा बिउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नु परिरहेको छ । विशेषगरी उत्तरी मोरङका किसानले लगाएको धान वालिमा यो रोग देखापरेको हो ।

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानहरुले बताएका छन् । रोग नियन्त्रण गर्न लकडाउनका कारण मल, तथा औषधि अभाव भएको सुन्दरहरैचाका कृषक गोपाल भण्डारीले बताए । सुरुमा मल पाइएन हामीले पनि मल नपुगेर होला भन्यौ भन्डारीले भने अहिले बोट नै रातो हुँदै गइरहेको छ ।

लकडाउनका कारण किसानले रोग नियन्त्रण गर्नका लागि किटनाशक औषधिसमेत किन्न जान पाएका छैनन् । कृषि प्रधान देशमा मल पनि पाइँदैन प्राविधिकको सेवा पनि नपाउने गरेको रंगेलीका अर्का किसान पुरुषोत्तम रिजाल बताउँछन् । 

रोपाइँ सकिएको १५ देखि २० दिनमा धान खेतीलाई युरिया मल चाहिन्छ । किसानले धान रोपेको २ महिना बित्न लाग्दासमेत मल नपाएको रिजालले बताए । 

लकडाउनकैबीचमा पनि मंगलबार (भदौ ९ गते) कानेपोखरी गाँउपालिकाका केही सहकारीहरुले वितरणको लागि रसायनिक ल्याए । तर त्यहाँका किसानले पर्याप्त मल पाउन सकेनन् । 

माग धेरै रहे तापनि कानेपोखरी २ मा रहेको जनचेतना सहकारीले १०० बोरा मात्र युरिया मल ल्याउन सकेको र कार्यालय भएको स्थानमा ५० बोरा र ४ नम्बर वडामा ५० बोरा वितरण गरेको जिल्ला वचत तथा ऋण सहकारी संघका सदस्य तीर्थबहादुर कार्कीले बताए । उनका अनुसार सयौँको संख्यामा आएका किसानलाई प्रत्येक ब्यक्ति १० किलोको दरले मल वितरण गरेको बताए ।  

यता प्राविधिकहरुले भने मलको अभाव भएका कारण धानमा समस्या देखिएको बताएका छन् । समयमै कृषकले मल नपाउँदा माटोमा नाइट्रोजनको कमी भएको कृषि ज्ञान केन्द्र इकाई कार्यालय मोरङका प्रमुख रामदेव सिंहले बताए । 

गोभरा किराको कारणल कतै कतै धानको बोट रातो हुने गरेको उनले बताए । उनले केहि दिनदेखि यस्ता समस्या आइरहेको र बुझ्ने काम भइरहेको समेत उनले बताए । मोरङमा यो बर्ष ९७ प्रतिशत खेती भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यो बर्ष ८० हजार ८ सय १ हेक्टर क्षेत्रफलमा धान खेती भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ