arrow

भान गालले इज्जत जोगाए : एफए कपको उपाधि म्यानयुलाई, ३ वर्षपछि पहिलो उपाधि

जोजे मौरिन्हो आउलान् ?

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
van_gaal_empics.jpg.jpeg
एजेन्सी । इङ्गलिश फुटबल प्रतियोगिता एफए कपको उपाधि म्यानचेष्टर युनाइटेडले जितेको छ । वेम्बलेमा शनिबार राति भएको प्रतिस्पर्धात्मक फाइनलमा क्रिष्टल प्यालेसविरुद्ध संघर्षपूर्ण २–१ को जित निकाल्दै म्यानयुले उपाधि जितेको हो ।  
 
निर्धारित समयमा १–१ को बराबरी भएपछि अ‍ेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा म्यानयुले संघर्षपूर्ण जित निकाल्दै १२औं पटक एफए कपको उपाधि जितेको जित्यो । यद्यपि, सन् २०१३ मा तत्कालिन प्रशिक्षक सर अलेक्स फर्गुसन सेवानिवृत्त भएपछि म्यानयुको यो पहिलो उपाधि हो ।
 
खेलको ७८औं मिनेटमा जेसन पन्चियोनले गोल गर्दै क्रिष्टल प्यालेसलाई अग्रता दिलाए । यद्यपि, त्यसको तीन मिनेट पछि म्यान्चेस्टर युनाइटेडका ह्वाँ माटाले एक गोल फर्काउदै खेल बराबरीमा ल्याए ।
 
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी मात्रै भएपछि खेलको निर्णय  अतिरिक्त समयमा गयो । थपिएको अतिरिक्त समय समेत प्रतिस्पर्धात्मक रहयो । १०५औं मिनेटमा म्यानयुका क्रिस स्मलिङ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।
 
दबाबमा रहेको म्यानयुका लागि ११०औं मिनेटमा जेसी लिङ्गार्डले निर्णायक गोल गर्दै उपाधि दिलाए । एफएकप इङ्गलिश फुटबल प्रतियोगितामा प्रतिष्ठित मानिन्छ ।  वेम्बले जितले म्यानयु प्रशिक्षक भान गालमाथिको आलोचना कम भएको र दुई वर्ष देखि सुधार गर्न नसकेको अंक सुधारको सन्देश दिएको चर्चा भएको छ । 
 
वेम्बले म्याचलाई म्यानयु प्रबन्धक भान गालको अन्तिम म्यान हुने अड्कल धेरैले गरेका छन् । यद्यपि, अघिल्लो हप्ता मात्रै म्यानयु प्रशिक्षक नियुक्त हुन लागेका जोजे मौरिन्होले यो प्रतिष्ठीत प्रतियोगिताको उपाधि जित्न म्यानयु सक्षम रहेको बताएका थिए ।
मौरिन्हो म्यानयुको नयाँ प्रशिक्षक नियुक्त हुने अभ्यास भइरहेको छ । ५३ वर्षीय पोर्चुगिज मौरिन्होसंग क्रिष्टल प्यालेसविरुद्धको एफए कप फाइनल अघि सैद्धान्तिक सहमति भएको थियो । 
 
भान गालले च्याम्पियन्स लिग छनौट गर्न नसकेको भन्दै ओल्ड ट्राफोडमा हारेको बदला लिन विकल्प खोजेको बताइएको छ । मौरिन्हो गएको डिसेम्बरमा चेल्सी प्रशिक्षकबाट बर्खास्त भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ