arrow

सन्दीप लामिछानेको सफलता बढ्दो, टिमको तेस्रो हार 

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
sandeep-lamichhane2.jpg

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा पराजित भएको छ । 

ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिए । उनले हरेक खेलमा विकेट लिँदै आएका छन् । उनले अहिलेसम्म पाँच खेलमा सात विकेट लिइसकेका छन् । 

सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिए । 

प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाए । 

बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको प्रर्दशन उल्लेख्य रहेन । जमैकाका लागि मुजिद उर रहमानले ३ तथा फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक एक विकेट लिए । 

एक सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो । जमैकाका लागि नक्रमा बोनरले सर्वाधिक ३१ रन बनाए । 

यो खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए । उनले ६ बल खेल्दै ४ रन बनाई अविजित रहे । जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ । 

जमैका अङ्क तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा विजयी भएको बार्बाडोस ४ अङ्कसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ । 

उसले ५ खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ