arrow

चार दिनसम्म ओरालो लागेको सुनको मूल्य उकालोतर्फ, एकैदिन बढ्यो तोलामा आठ सय

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
gold-jewellery.jpg

काठमाडौं । लगातार ४ दिन घटेको सुनको मूल्य फेरि बढेको छ ।

आइतबार देखि बुधबारसम्म निरन्तर घटेर ९६ हजार ८ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य बिहीबार फेरि बढेको छ ।

बिहीबार ८ सय रुपैयाँ प्रतितोलाका दरले वृद्धि हुँदै छापावाल सुनको मूल्य ९७ हजार ६ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ रहेको छ ।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँ वृद्धि भएको छ ।

बुधबार प्रतितोला १३ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ