arrow

महानगरपालिकामा शौचालयको पैंसामै घोटाला

१३ लाखको ठेक्का १५ सयमा

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
Metropolitan_Office_KTM.jpg.jpeg
काठमाडौं । सुन्दा पनि अचम्म लाग्ला, कुनैपनि निकाय शौचालयबाट उठ्ने पैसामा समेत अनियमितता गर्ने तथा आफ्नै निकायलाई डुबाएर सीमित व्यक्तिहरूको पोल्टो भर्ने काम गर्छ भन्ने सुन्दा । काठमाडौं महानगरमा भने यस्तै भेटिएको छ । 
 
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नझक्झकाएसम्म  शौचालयबाट उठाउँदै आईएको रकमा समेत काठमाडौं महानगरपालिका कर्मचारीकै कारण वर्षेनी लाखौं रकम यसरी घाटा भईरहेको छ । शौचालयबाट कसरी हुन्छ त पढ्नुहोस् रोचक कहानी:
 
केही समय अगाडि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यकामा रहेका शौचालयहरू र काठमाडौं महानगरपालिका अन्तर्गत रहेका शौचालयहरूको विवरण कस्तो छ भनेर संख्यागत रूपमा महानगरपालिकाको राजश्व विभागमा सोध्यो । 
 
अख्तियारबाट यस्तो जिज्ञाशा आएपछि शौचालयहरूको सञ्चालन तथा निर्माणको स्वीकृति समेत दिने जिम्मेवारी पाएको वातावरण विभागमा सो विषयमा जानकारी माग्दै सो शौचालयबाट उठ्दै आएको राजश्वको विवरण समेत माग गर्‍यो।
 
उसले सो समयमा आफ्नो मातहत रहेको शौचालयको नामावली त दियो तर त्यसबाट वर्षेनी कति पैसा उठ्छ भनेर खुलाउन पनि सकेन न त उपत्यका भित्र कति सार्वजनिक शौचालय रहेको छ भनेर नै खुलाउन सक्यो ।
 
यसरी अव्यवस्थाको पराकाष्ठा देखेपछि राजश्वका कर्मचारीहरू आफैं हिँडे शौचालयको पहिचान र अनुगमनको लागि । जव उनीहरूले काठमाडौं महानगरपालिका भित्रका केही गल्ली गल्लीसम्म पुगेर हेरे त्यपपछि मात्रै देखे कि शौचालयको पराकाष्ठा । 
 
शौचालय सञ्चालनको लागि ठेक्कापट्टाको प्रक्रिया पुरा नगरिएको त वातावरण विभागको जवाफबाट नै थाहा पाएको राजश्वका अधिकारीहरूले सोधपुछको क्रममा थाहा पाए कि कति ब्रह्मलूट भईरहेको रहेछ काठमाडौं महानगरपालिका माथि भन्ने । 
 
एउटा शौचालय सञ्चालन गरेबापत वार्षिक जम्मा १५ सय रूपैयाँ मात्रै लिएको भेटिएको थियो । जब कि त्यही १५ सय रूपैयाँ लिँदै आएको शौचालयलाई अहिले टेण्टर प्रक्रियामा लैजाँदा १३ लाख पाँच हजार नौ सय ९६ रूपैयाँ वार्षिक तिर्ने गरी ऋषिराम गर्तौलाले टेण्डर पारेका छन् । 
 
कसरी बढ्यो टेण्डर प्रक्रिया ?
यसरी राजश्वका अधिकारीहरूले अनियमितताको पराकाष्ठा बुझेपछि अबको केहीदिनमा टेण्डर प्रक्रिया सुरू हुने भन्दै तयार रहन सुझाव दिएर आएको थियो । त्यसपछि, वातावरण विभाग अन्तर्गत हुने भएपनि खरिद शाखाले यसको लागि २०७२ साल चैत २१ गते न्यूनतम अनुमानित वार्षिक आय सात लाख २० हजार भन्दा कम नहुने गरी बीर अस्पतालको ठीक अगाडि रहेको शौचालयको लागि टेण्डर आह्वान गर्‍यो । 
 
त्यसपछि चार जनाले टेण्डर हालेकोमा ती मध्ये सबैभन्दा बढीको कबुल गर्नेको नाम सहित जेठ एक गते सात दिने आशयको सूचना पेश गरेको थियो । 
 
कसले कतिको तिर्ने कबुल गरेका थिए ?
यसरी टेण्डर प्रक्रियामा गएपछि तोकिएको मुल्य भन्दा कम नहुनेगरी ठीक चार जनाले टेण्डर दर्ता गराएका थिए । जसमध्ये ऋषिराम गर्ताैलाले १३ लाख पाँच हजार नौ सय ९६ रूपैयाँ, राजेश नाखुशीले ८ लाख ४० हजार, बर्खा पाण्डे ८ लाख ७० हजार र माधव काफ्ले सात लाख ४४ हजार तिर्ने गरी टेण्डर दिएका थिए । 
 
अब बीर अस्पताल अगाडिको एउटा शौचालयमात्रै काठमाडौं महानगरपालिकालाई वार्षिक १३ लाख पाँच हजार नौ सय ९६ रूपैयाँ तिरेर गर्तौलाले सञ्चालन गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ