arrow

नेपालको मास्क आपूर्तिमा चीनको बचर्श्व, नाब्बे प्रतिशत भन्दा बढी चीनबाटै आयात

logo
पीबी चन्द,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
corona-mask.JPG

काठमाडैं । कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा खपत हुन थालेको फेस मास्क आपूर्तिमा चीनको बचर्श्व रहेको पाइएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा आयातित फेस मास्क मध्ये नाब्बे प्रतिशत भन्दा बढी चीनबाटै आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत साउन महिना भरि ७ करोड ७२ लाख ७० हजार रुपैयाँ बराबरका फेस मास्क आयात भएका छन् ।

विभिन्न एक दर्जन भन्दा बढी मुलुकबाट आयात हुनेगरेको मध्ये चीनबाट मात्रै ९२ दशमलव १८ प्रतिशत हिस्सा ओगटेको छ ।

साउन महिनामा चीनबाट मात्रै ७ करोड १२ लाख २२ हजार रुपैयाँ बराबरका मास्क आयात भएका छन् । मास्क आयातको उक्त हिस्सा कुल आयातको ९२ दशमलव १८ प्रतिशत हो ।

चीनपछि मास्क आयातको ठुलो हिस्सा भारतले ओगटेको छ । भारतबाट साउन महिनामा मात्रै ५१ लाख ३२ हजार रुपैयाँ बराबरका मास्क नेपाल भित्रिएका भन्सार विभागको तथ्याङ्क छ ।

नेपालमा कोरिया मलेसिया, सिंगापुर लगायतका मुलुकबाट पनि फेस मास्क आयात भइरहेको छ ।

चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले फेस मास्क र स्यानिटाइजरको छुट्टा छुट्टै दरबन्दी तोकेको छ ।

विगतमा मास्कलाई मास्क जस्तै अन्य वस्तुको आयातसँगै मुल्यांकन गर्दै आएकोमा चालु आर्थिक वर्षमा मास्कको मात्रै छुट्टै मूल्यांकन गर्न थालिएको हो ।

गत १५ जेठमा सार्वजनकि बजेट मार्फत उक्त व्यवस्था गरिएपनि साउन महिना देखि कार्यान्वयनमा आएको हो ।

जेठ १५मा बजेट सार्वजनिक भएयता साउन मसान्तसम्म कुल ४३ करोड ५२ लाख रुपैयाँ बराबरको मास्क आयात भएको भन्सार विभागले जनाएको छ ।

स्यानिटाइजरमा भारतको बचर्श्व

नेपालमा खपत हुने स्यानिटाइजरको ठुलो हिस्सा भारतबाट आयात हुने गरेको छ ।

साउन महिनामा मात्रै कुल १२ करोड २४ लाख रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ ।

आयातित स्यानिटाइजरको ठुलो हिस्सा भारतबाट मात्रै छ । विभागका अनुसार भारतबाट मात्रै ७ करोड ७५ लाख २८ हजार रुपैयाँ बरारबर आयात भएको छ ।

त्यस्तै चीनबाट साउन महिनामा ३ करोड २ लाख ३४ हजार रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ ।
नेपालमा कोरिया, जापान, भियतनाम लगायतका अन्य मुलुकबाट पनि स्यानिटाइजरको आयात हुने गरेको छ ।

नेपालमै उत्पादन गर्न सकिने

नेपाल औषधि उत्पादक संघले स्यानिटाइजर र मास्क नेपालमै उत्पादन गर्न सकिने वस्तु विदेशबाट आयात गर्नु दुखद रहेको प्रतिक्रिया दिएको छ ।

संघका महासचिव विप्लब अधिकारीले सरकारी नीति नै आयात मुखी रहेका कारण नेपाल आफैंले उत्पादन गर्न सक्ने वस्तु पनि आयात गर्नु परेको बताए ।

‘स्यानिटाइजर नेपालमै उत्पादन गर्न सक्ने स्थिति थियो । तर, आयात भइरहेको स्यानिटाइजरको गुणस्तर परिक्षण पनि गर्नु नपर्ने र दर्ता पनि गर्नु नपर्ने जस्ता नीति सरकारले लिएका कारण कारणले गर्दा आयात भइरहेको हो’ अधिकारीले भने ।

उनले अघि थपे ‘मास्कमा पनि कच्चा पदार्थ बाहिरबाट ल्याएर भएपनि केही उद्योगीले नेपालमै उत्पादन गरिरहेका छन् । निर्यात पनि गर्न थालिसकेको अवस्था छ । आफैं उत्पादन गर्न सक्ने वस्तुमा सक्षम हुँदाहुँदै पनि विदेशाट आयात रोक्नु पर्ने, ट्याक्सहरु बढाउनु पर्ने र स्वदेशीलाई प्रमोट गर्नुपर्ने हो । तर, सरकारले गरिरहेको छैन ।’

उनका अनुसार स्यानिटाइजर नेपाली औषधि उद्योगहरुले नै बनाउने भनेर करिब ४ दर्जन उद्योग दर्ता भइसकेका छन् ।

त्यस्तै नेपाली उद्योगले उत्पादन गरेका मास्क पनि निर्यात भइरहेको दावी अधिकारीको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ