arrow

कोरोनाबाट पोखरामा थप एक जनाको मृत्यु, जताततै फैलियो संक्रमण

logo
हरि पन्त,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
pokhara-deads.JPG

पोखरा । पोखरामा बिहिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ११ की ३२ वर्षकी महिला रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिए । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा उपचाररत उनको बिहिबार बिहान ८ बजे मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । 

जताततै फैलियो कोरोना संक्रमण
यसैबीच बिहिबार पोखरामा एक जना कोरोना संक्रमित फेला परेका छन् । पोखरा महानगरपालिका वडा नं. १६ का ७६ वर्षीय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । ती पुरुष गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा उपचाररत थिए । 

बिहिबार बिहान ११ बजे दिइएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आइसोलेशनमा राखिएको निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमकान प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी बाग्लुङ जिल्लामा नेपाल प्रहरीमा कार्यरत दुई जना, जमजुङ जिल्लामा नेपाली सेनामा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहिबार बिहान १०ः१५ बजे दिइएको जानकारी अनुसार बाग्लुङमा आठ, पर्वतमा एक, लमजुङमा चार, तनहूँमा एक र नवलपरासी पूर्वमा तीन गरी गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १९ सय ७८ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ