arrow

गण्डकीमा आजमात्रै तीन वर्षका बालकसहित ५३ जना संक्रमित थपिए

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
gandaki-province-pradesh.jpg

पोखरा । कोरोना संक्रमितको संख्या गण्डकी प्रदेशमा मात्र दुई हजार नाघेको छ ।

 बिहिबार नवलपरासी पूर्वमा २७ जना संक्रमित भेटिएसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या दुई हजार पाँच जना पुगेको हो । यसमा १६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आज दिउसो २:४५ बजे दिएको जानकारी अनुसार नवलपरासी पूर्वमा बिहिबार एकै पटक २७ जना संक्रमित भेटिएका हुन् ।

 जसमा तीन वर्षका बालकसमेत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।  योसंगै गण्डकी प्रदेशमा आजमात्रै ५३ जना संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ