विराटनगर । जिल्ला विकास समिति मोरंङले जिल्ल्लामा एकै पटक २७ जटा पुुल निर्माणलाई तिव्रता दिएको छ । लामो समयदेखि पुुल बन्न नसकेका खोलाहरुमा जिविसले पुुल निमार्णको कामलाई तिव्रता दिएको हो ।
त्यसमध्ये आठवटा पुल संचालनको तयारीमा छन् । जिविसले जनताको माग अनुुसार दर्वेसा, इटहरा, अमरदह, कटहरी, राजघाट , गोविन्पुुर, आमगाछी, मझारे, झोराहाट, टकुुवा, केरावारी लगायतका २७ स्थानमा पक्किपुुल निर्माण गरिरहेको छ ।
त्यसमध्ये बाहुुनीको कयरखोलमा २ करोड २१ लाख ८७ हजार रुपैयाको लागतमा १८ मिटर लामो पक्किपुुल, विराटनगरस्थित सिंगिया खोलामा ७ करोड ६० लाख रुपँैयाको लागतमा ६२ मिटर लामो पुुल संचालनका तयारीमा रहेको जिल्ला प्राविधिक कार्यालयका प्रमुुख एंव वरिष्ठ डिभिजन इन्जिनियर समर बहादुुर खनालले बताए ।
यसैगरी, वुधनगरको खाद्र्राखोलामा ९५ लाख रुपैयाको लागतमा १५ मिटर, टकिसिनवारीको धाधरा खोलामै १ करोढ ८७ लाखमा १५ मिटर, रंगेलीको घागी खोलामा १ करोड ८३ लाखको लागतमा १८ मिटर यसैगरी ६२ लाखको लागतमा इटहराको कटनुु खोलामा १५ मिटर ववियार्विताको कोचेनी खोलामा २ करोड १३ लाख रुपैयाको लागतमा १८ मिटर पक्किपुल संचालनको तयारीमा छ ।
बाँकी पुलको निमार्ण कार्य आगमी एक वर्ष भित्र सम्पन्न हुुने इन्जिनियर खनालले बताए । आठ वटा पुुल पूर्ण रुपमा संचालन हुुने जिविसले जनाएको छ । तराई मधेसमा भएको आन्दोलनका कारण निमार्ण कार्यअवरुद्ध भएकाले निमार्ण सम्मपन्न गर्न केही ढिलाई भएको इन्जियिनयर खनालको भनाई छ । उनका अनुुसार स्थिति सहज भएको भए ६ महिना अघिनै आठैवटा पुुलको सवै काम पुुरा हुुने थियो ।
यसरी लामो समयको प्रतिक्षापछी पक्किपुुल निमार्ण भएपछी स्थानिय उत्साही भएका छन् । यसअघि पुुल नहुुदा सो क्षेत्रका वासिन्दालाई आवत जावतमा निकै समस्या हुुने गरेको थियो । वर्षा याममा खोलामा बाढी आउदा वालवालिकाहरु तीन किलोमिटर घुुमेर विद्यालय जानुुपर्ने बाध्यता थियो । यसअघि ती खोलाहरुमा पटक–पटक नापी र सर्वै भएपनि पुुल निमार्ण हुन सकेको थिएन ।