arrow

लोडसेडिङ अन्त्य : ‘प्रधानमन्त्री ओलीकै नीति तथा कार्यक्रम अनुसार’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
kulman_office.jpg

काठमाडौं। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य एकल प्रयासले मात्रै नभएर सबैको सहयोगले भएको बताएका छन्।प्राधिकरणमा उनको ४ वर्षे कार्यकाल सकिन केही दिन मात्रै बाँकी रहेको अवस्थामा बिहीबार विज्ञप्ति जारी गर्दै घिसिङले लोडसेडिङ अन्त्य हुनुमा सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन रहेको र सबैको सहयोगले सफल भएको बताएका छन्।

‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन्’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन ।’

आगामी २९ भदौमा उनको ४ वर्षे कार्यकाल सकिँदै छ। त्यसपछि पनि उनलाई नै प्राधिकरणको नेतृत्व दिनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत जनदबाब सिर्जना भइरहेको छ। समाजिक सञ्जालहरुमा आफ्नै नामबाट समेत एकान्ट खोलेर प्रधानमन्त्री केपी ओली र उर्जा मन्त्री वर्षमान पुनलाई समेत जोडेर भइरहेका टिपाटिप्पणी प्रति आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।

उनले विज्ञप्तिमा थप भनेका छन् ‘सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ