arrow

पञ्चाङ्गअनुसार यस्तो छ शुक्रबारको दिन 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र १२ गते शुक्रबार, इस्वीसंवत अगष्ट २८ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपद शुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपद शुक्लपक्षको दशमी तिथि रहनेछ । आज मूल नक्षत्र, विष्कुम्भादि योगमा प्रीति, करणमा वणिज, आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । 

आज दिनमान ३१ घटि ५५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४१ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २६ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज पनि समय त्यत्ति शुभ छैन । निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो समय छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन आउन पनि सक्छ, त्यसमा आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज पनि समय खराब नै रहनेछ । सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतित गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने योग छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः आज समय राम्रो छ । इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । 

कर्कटः आज पनि समय खराब छ । वित्तीय पक्ष राम्रो भए पनि सहयोगीहरू टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ । यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन । आज पश्चिम दिशाको यात्रा नगर्नुहोला ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । 

सिंहः आज पनि समय राम्रो छ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ ।

कन्याः आज समय खराब छ । दिनभरि विभिन्न बाधा अड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्द व्यापारमा उतार चढाव आइरहने छ । आर्थिक घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपखको अवस्था सन्तोषजनक देखिने छ । विस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले अत्यधिक सफलताका लागि हरियो कपडा लगाने र गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । 

तुलाः आज समय शुभ छ । उच्च मनोबल बढ्ने र महत्वपूर्ण काम सम्पादन गर्न सकिने दिन रहेको छ । आर्थिक पक्ष सबल हुनेछ । सन्तानबाट सन्तोष लिन सकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । 

वृश्चिकः आजको दिन अनुकूल छैन । स्वास्थ्यमा समस्या बढ्नसक्ने तथा कामकार्यमा पनि झमेला आइलाग्न सक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउन सक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलतालाई संयम गरी स्वकर्ममा लगनशील हुनाले केही लाभ गर्न सकिनेछ । 

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । दान–पुण्य गर्नाले मानसिक चिन्ता कम हुनेछ । 

धनुः आजको दिन तथा समय निकै राम्रो छ । भौतिक सुखसुविधा एवं उन्नति गराउने खालको गोचर रहेको छ । विपरित लिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुने छ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तको शुभ सन्देश प्राप्त गर्न सकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । छोटो तथा लामो दुरीको यात्राको पनि सम्भावना देखिन्छ । प्रेम गर्नेहरुका लागि पनि आजको दिन उत्तम छ । 

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।

मकरः आजको दिन आँट ठूलै गराउने तर काम पूर्ण हुन ग्रहको केही अबरोध देखिएको छ । तथापि सामान्यतया व्यवसायिक कामबाट लाभ हुन सक्नेछ । उद्यमको प्रख्याति बढ्ने र कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रसरता लिनसकिने छ र आत्मबल पनि बढ्नेछ । स्वास्थ्यमा आरोग्यता र कान्तिमा बृद्धि हुनेछ भने मानसिक दृढता बढ्नेछ । मुख्य एवं इष्टकार्यमा आउने बिघ्नताको निवारणको लागि आज भगवान सूर्यनारायणको ध्यान भक्ति एवं स्तुति गर्नु राम्रो हुनेछ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । 

कुम्भः आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाटलाई गोचरले देखाइरहेको छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्त्वपूर्ण इष्टकार्य पूर्ण हुन सक्ने छन् भने केही काम अघि बढ्नेछ । 

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटे ताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुन सक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम हुन जरुरी ेछ । नियत सफा राखेर गरिने कार्यबाट भने केही लाभ लिन सकिनेछ । 

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । 

साइतः आज चन्द्रमा धनु राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः४१ बजेदेखि         ७ः११ बजेसम्म        चर बेला
बिहान ७ः११ बजेदेखि         ८ः४१ बजेसम्म        लाभ बेला
बिहान ८ः४१ बजेदेखि         १०ः११ बजेसम्म        अमृत बेला
बिहान १०ः११ बजेदेखि        ११ः४१ बजेसम्म        काल बेला
बिहान ११ः४१ बजेदेखि        १ः११ बजेसम्म        शुभ बेला
दिनमा १ः११ बजेदेखि        २ः४१ बजेसम्म        रोग बेला
दिउँसो २ः४१ बजेदेखि         ४ः११ बजेसम्म        उद्धेग बेला
दिउँसो ४ः११ बजेदेखि        ५ः४१ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ