arrow

गण्डकीमा ८३ प्रतिशत कोरोना संक्रमितलाई निको, शुक्रबार थपिए १७ संक्रमित 

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
coronavirus-hamrakuras1.jpg

पोखरा । पोखरामा दुई जना पर्यटक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु पोखरा महानगरपालिका वडा नं १७ का हुन् । 

२८ र २९ वर्षका पर्यटक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार पोखरा ३० का ५० वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रबार बिहान १० बजे दिइएको जानकारी अनुसार पोखरामा तीन जनासहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । जसमान वलपरासी पूर्वमा आठ जना, लमजुङमा दुई र तनहूँमा चार जना संक्रमित भेटिएका छन् ।

योसंगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २२ जना र निको भएर घर फर्किनेको संख्या १६ सय ७२ जना (८२.६९ प्रतिशत) रहेको डा शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ