arrow

सुनको मूल्य सात सयले घट्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
gold-jewellery.jpg

काठमाडौं । बिहीबार ८ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार फेरि घटेको छ ।

शुक्रबार प्रतितोला ७ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य शुक्रबार ९६ हजार ४ सय रुपैयाँ प्रतितोला रहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै १३ सय ४० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ