arrow

खरिद अनुगमन कार्यालयको वेवसाइट ह्याक, रेल लगायतका ठेक्का अनिश्चित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
hack.jpg

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट ह्याक भएको छ ।

वेवसाइट ह्याक हुँदा सार्वजिनक खरिद प्रक्रियामा नै अवरोध आएको छ ।

सार्वजिनक खरिद अनुगमन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै वेवसाइटमा प्राविधिक समस्या आएका कारण कागजात डाउनलोड हुन नसकेको जानकारीसहीत खरिद प्रक्रिया स्थगन गरिएको बताएको छ ।
‘साउन २४ गते देखि २८ गतेसम्म बोलपत्र, आशयपत्र, सिलबन्दी दरभाउ पत्र खोलुवा भई डकुमेन्ट डाउनलोड हुन नसकेको हकमा अर्को सूचना जारी नभएसम्म खरिद प्रक्रिया स्थगन गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा साउन २४ गते र भदौ ४ गते वेवसाइटमा समस्या देखिएको जानकारी गराएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सुचना अधिकारी श्रीधर पन्थीले बिडरहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए ।

२४ साउन देखि २८सम्मको तत्काललाई स्थगन गरिएको समस्या समाधान भएपछि अन्य कुरा पछि नै हुने पन्थीले बताए ।

कार्यालय स्रोतले ह्याक भएको दावी गरेपनि सुचना अधिकारी पन्थीले सिस्टम ह्याक नभएको बताए ।

के भएको हो त्यो प्राविधिक विषय भएकाले त्यसबारेमा आफुलाई थाहा नहुने पन्थीको भनाई थियो । ‘प्राविधिक विषय ठ्याक्कै के भएको हो मलाई थाहा हुँदैन’ पन्थीले भने ।

कार्यालयको वेबसाइटमा आएसँगै रेल विभागले प्रक्रिया थालेको रेलको ठेक्का र मेलम्ची खानेपानीको पाइप ओछ्याउने सम्बन्धि टेण्डर पनि अनिश्चित बनेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले वेबेसाइटको समस्या सामाधान भएपछि बाँकी प्रक्रिया अगाडी बढ्ने जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा रहेको निकायकै वेबसाइट ह्याक भइपछि सरकारी कार्यालयकै डाटा असुरक्षित हुने जानकारहरु बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ