arrow

बाँकेमा थपिए १५ संक्रमित

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
bheri-hospital.jpg

नेपालगञ्ज । बाँकेमा शुक्रबार १५ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्तपाल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा रुपन्देही र रुकुम खलंगा स्थायी ठेगाना भएका २ जनासहित १५ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय ७१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । हालसम्म ६ सय ९३ जना निको हुँदा ६ जनाको भने मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय स्वाब परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ