arrow

कास्कीमा निषेधाज्ञा लम्वियो, भदौ २० गतेसम्म हुने

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
pokhara-city.jpg

पोखरा । कास्कीमा निषेधाज्ञाको समय थप गरिएको छ । भदौ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यलय कास्कीद्धारा जारी गरिएको सूचनामा निषेधाज्ञा भदौ २० गतेसम्म जारी राखिएको जनाएको छ । 

अत्यावश्यक बाहेक अन्य काममा घरबाट बाहिर निस्कन अनिवार्य मास्क प्रयोग गर्ने, २ मिटरको भौतिक दूरी कायम गर्नपर्ने साथै सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने प्रशासनले जनाएको छ । 

यसैगरी मानिसहरु भेला हुन, भीडभाड गर्न, जुलुलस निकाल्न, जात्रा, महोत्सव, मेला गर्न तथा सबै धर्म संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने प्रशासनले जनाएको छ । 

यता, जोर गते जोर र विजोर गते विजोर प्रणालीमा निजी सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखी साँझ ८ बजेसम्म चलाउन पाइने भएको छ । यस्तै होटल र रेष्टुरेष्टमा साँझ ७ बजेसम्म टेक अवे संचालन गर्न, निर्माण स्थल भित्रै सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड तथा पूर्व सावधानी पूर्णपालना गरी उद्योग परिसर भित्रै क्वारेन्टाइन व्यवस्था गरि काम गर्न पाइने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ