arrow

वैदेशिक रोजगारीमा पठाउँदा चरम ठगि गर्ने ४ मेनपावर फन्दामा

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
Ministry-of-Employment-and-labour.jpg.jpeg
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउँदा कामदारबाट चरम आर्थिक राजधानीका विभिन्न स्थानमा रहेका चारवटा मेनपावर कम्पनीमा छापा मारेको छ । वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार मन्त्रालयको संयुक्त टोलीले गोप्य उजुरीको आधारमा विभिन्न मेनपावर कम्पनीमा छापा मारेर आवश्यक कागजात जफत गरिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले जानकारी दिए । 
 
उनका अनुसार काठमाडौंका एसआरएस म्यानपावर कम्पनी, डीडी ओभरसिज कम्पनी, अल सेक्योर ओभरसिज कम्पनी तथा भिक्टोरी नेपाल ओभरसिज कम्पनीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिइएको मन्त्रालय स्रोतले जनाएको छ । विभागको सक्रियतामा बनेको चारवटा अनुगमन टोलीमा मन्त्रालयले पनि साथ दिएको प्रवक्ता भूर्तेलले जानकारी दिए । उनीहरूको विषयमा अब थप छानविन हुने र कानून बमोजिम आवश्यक ठहरिए मेनपावर खारेजीसम्मको कारबाही गरिने पनि प्रवक्ता भूर्तेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ