arrow

प्रदेश नं १ मा थप तीन जनाको मृत्यु, ७४ संक्रमित

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
covid-test-positive-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४-१४, सङ्खुवासभाका दुई, पाँचथरका एक तथा प्रदेश बाहिरका दुई जना रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सुनसरीको इनरुवाका छ महिला र १४ पुरुष, धरानका पाँच महिला र चार पुरुष, इटहरीका पाँच पुरुष, देवानगञ्जका दुई महिला र दुई पुरुष तथा कोशी गाउँपालिकाका तीन पुरुष रहेका छन् । त्यस्तै मोरङको विराटनगरका दुई महिला र पाँच पुरुष, लेटाङका एक महिला र दुई पुरुष, सुन्दरहरैचा र रङ्गेलीका दुई-दुई पुरुषमा संक्रमण देखिएको छ ।  

झापाको कमल गाउँपालिकाका दुई महिला र सात पुरुष, मेचीनगरका तीन पुरुष, हल्दीबारीका एक पुरुष, शिवसताक्षीका एक महिला, सङ्खुवासभाको पाँचखपनका एक पुरुष, खाँदबारीका एक महिला, पाँचथरको फाल्गुनन्दका एक पुरुष र प्रदेश बाहिरका एक महिलासहित दुई जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या तीन हजार १०४ पुगेको छ । 

तीन जनाको मृत्यु 
यसैगरी पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु् भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मृत्युहुनेमा झापाको कमल गाउँपालिकाका एक पुरुष, मोरङको बेलबारी  नगरपालिका–५ का ५६ वर्षीय महिला र सिरहा जिल्लाको लहान घर भई विराटनगर–१० बस्ने ६५ वर्षीय  महिला रहेका छन् । यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । तीमध्ये प्रदेश नं १ स्थायी ठेगाना भएका २० र अन्य प्रदेशका आठ जना रहेका छन् । 

यो प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरबाट १६, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङ आइसोलेसन केन्द्रबाट दुईजना रहेका छन् । यो प्रदेशमा अहिलेसम्म एक हजार ५१६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । 

प्रदेशमा शुक्रबार एक हजार ३२७ जनाको पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ८५ हजार २०२ जनाको पिसीआर परीक्षण सम्पन्न भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ