arrow

डोटीमा भाद्र १४ देखि एक साताका लागि निषेधाज्ञा गरिने

logo
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
doti-cdo.jpg

डोटी । डोटीमा  भाद्र १४ गते आइतबार राती १२ बजेदेखि लागु हुने गरि २१ गते आइतबार रातीसम्मका लागि निषेधाज्ञा गरिने  निर्णय गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको संकट ब्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले बताए । 

जिल्लाभित्र कोरोना महामारीको संक्रमण बढ्दै गएपछि महामारी रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि यस्तो निर्णय गरिएको प्रजिअ भट्टराईले हाम्राकुरालाइ बताए । 

उनले भने,'निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुन्छन।, निषेधाज्ञालाई सबैले पूर्ण रुपमा पालन गर्न र गराउन तर्फ सबैले ध्यान जान आवश्यक रहेको समेत बताए ।

शुक्रबार अबेर सम्म बैठक बसेकाले शनिबार सूचना जारी गरि सबैलाई जानकारी गराईने समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ