arrow

लाओससंगको मैत्रिपूर्ण फुटबलका लागि टोली घोषणा, अनिल कप्तान, विराज डिफेन्डर

फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ, सुनिल बल

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
nepali-team-new-,,,.jpg.jpeg
काठमाडौं । आगामी हप्ता लाओससँग हुने मैत्रीपूर्ण फुटबलका लागि अनिल गुरुङको कप्तानिमा २० सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यातुको कोजीले जेठ १६ (मे २९) मा हुने मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गरेका हुन् । ३३ जना जनाको बन्द प्रशिक्षणबाट २० जना छनोट भएका हुन् । 
 
विश्व फुटबल बरियतामा नेपाल भन्दा चार स्थान माथि रहेको लाओससंग फुटबल खेल्न नेपाली टोली लाओस जानेछ । विश्व फुटबलमा १७६औ स्थानमा रहेको लाओसले एएफसी एसियन कप अन्तर्गतको पहिलो लेगमा भारतको सामना गर्नु अघि नेपाल सँग खेल्ने बताइएको छ । लोओसले एसिया कपको प्ले–अफ अन्तर्गतको पहिलो लेगमा जुन २ मा भारतसंग खेल्दै छ । यसअघि चैतको दोश्रो हप्ता मलेसियाको २२ वर्षमुनिको टोलीसँग नेपालले मैत्रीपूर्ण खेल खेल्दा १–१ को बराबरी भएको थियो । 
 
टिम संरचना 
 
गोलकिपर
किरण चेम्जोङ 
विकेश कुथु
 
डिफेन्डर
रबिन श्रेष्ठ
अनन्त तामाङ
आदित्य चौधरी
देवेन्द्र तामाङ
कमल श्रेष्ठ
विराज महर्जन 
 
मिडफिल्डर 
प्रकाश बुढाथोकी
सुजल श्रेष्ठ
हेमन गुरुङ
विक्रम लामा
विशाल राई
राजेन्द्र रावल
अन्जन विष्ट
जगजित श्रेष्ठ 
 
फरवार्ड 
भरत खवास
नवयुग श्रेष्ठ
अनिल गुरुङ
सुनिल बल 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ