arrow

मुटु अस्पतालका तीन चिकित्सकमा देखियो कोरोना, ईमर्जेन्सी लगायत सेवा वन्द

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १३ शनिबार
gautambuddha-hospital.JPG

रुपन्देही । बुटवल स्थित रहेको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत ३ जना चिकित्सकहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

शनिवार अन्य केहि स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना भाईरस संक्रमण पुष्टि भएपछि अस्पतालको निर्मलिकरण र अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीहरुको कोरोना भाईरस (कोभिड–१९) परिक्षण गर्नुपर्ने भएको भन्दै अस्पतालबाट प्रदान हुँदै आएका डायलाइसिस, सि.टि.स्कान र फार्मेसी सेवा बाहेकका सबै सेवाहरु अर्को सुचना प्रकाशित नहुँदासम्म बन्द गरिने अस्पताल स्रोतले जनाएको छ । 

यस्तै अस्पतालको ईमर्जेन्सी, ओ.पि.डी र भर्ना सेवा बन्द हुँदा बिरामीहरु प्रभावित हुने भएका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको अवस्था भने सामान्य रहेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ