arrow

‘एनसेल, लास्टै ठूलो अफर’ योजना सार्वजनिक

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
ncell.jpg.jpeg
काठमाण्डौं। देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यो योजना अन्र्तगत ग्राहकले रु २०० भन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार रु १०० देखि रु १,००० सम्मको बोनस पाउन सक्छन्।
 
यो योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुनेछ र सोमबार (जेष्ठ १० गते) देखि लागु भई भाद्र ४, २०७३ सम्म संचालनमा रहने छ । बोनस प्राप्त गर्नका लागि ग्राहकले कम्तिमा रु २०० वा सो भन्दा बढी मुल्यको ब्यालेन्स रिचार्ज गर्न पर्ने हुन्छ ।
 
यो योजना अन्र्तगत, ग्राहकले रु २०० को रिचार्ज गर्दा ५ दिनको लागि मान्यहुने रु १०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । रु ३०० रिचार्ज गर्दा ७ दिन समयसिमा भएको रु २०० बोनस पाउनेछन् । त्यसैगरी, रु ५०० र रु १,००० को रिचार्ज गर्ने ग्राहकले क्रमशः रु ४०० र रु १,००० बोनस प्राप्त गर्नेछन् । रु ५०० रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने रु १,००० रिचार्ज बापतको रु १,००० नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुनेछ ।    
 
“ग्राहकलाई सेवा प्रयोगको राम्रो अनुभव दिएर खुसी राख्नु सदा हाम्रो मुल उदेश्य रहि आएको छ ।” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “रिर्चाजमा पाईने यो बोनस योजनाले हाम्रा ग्राहकलाई अझ सस्तोमा सेवाको प्रगोग गर्नका लागि एउटा राम्रो अवसर हुनेछ ।”
 
यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ–टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ