एजेन्सी । केहि दिन अघि चलचित्र अभिनेता ऋषि कपूरले गान्धी परिवार माथि टिका टिप्पणी गरेका थिए । टिका टिपणीका कारण कांग्रेस कार्यकर्ताहरुमा आक्रोश देखिएको थियो । सोहि बिवादलाई लिएर उत्तर प्रदेशमा कांग्रेस कार्यकर्ताले ऋषि कपूरको विरोध गर्दै उनको नाममा एउटा शौचालय खोलेका छन् ।
भारतिय सञ्चार माध्यमका अनुसार इलाहाबाद कांग्रेसका कार्यकर्ताहरुले ऋषि कपूरको विरोध गर्दै उनको नामबाट शौचालय सुरु गरेका हुन् । बहादुरगंज शिवाजी पार्कमा नगर निगमले बनाएको सुलभ शौचालयलाई ऋषि कपूर नाम दिइएको छ। प्रदर्शनकारिहरु गान्धी परिवारको कारणनै भारत स्वत्रन्त्र भएको भनाई राख्छन।
ऋषिले हालै मात्र एक प्रश्न उठाउदै चलचित्र अभिनेता र क्रिकेटरहरुको नाममा देशको सडक, पुल र एयरपोर्टको नाम किन राखिदैन ? भनेका थिए। ऋषिले ट्विटमा लेखेका छन् ,' कांग्रेसको नाम हटाइयोस।' बान्द्रा वर्ली सी लिंकको नाम लता मंगेशकर वा जेरआडी टाटाको नामबाट राखियोस् । यदि दिल्लीमा सडकको नाम बदल्न सकिन्छ भने कांग्रेसको सम्पत्तीको नाम किन परिवर्तन गर्न सकिन्न? खेल चण्डीगढमा थियो , त्यहाँ पनि राजीव गान्धीकै नाम? '