arrow

विद्यार्थीप्रति त्रिभुवन विश्वविद्यालय जिम्मेवार नबनेको नेविसंघको आरोप

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको आरोप लगाएको छ ।

कोरोना भाइरसको महामारीको संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत विश्वका अन्य विश्वविद्यालय सरह नयाँनयाँ तथ्यसँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनुपर्ने समयमा उल्टै विद्यार्थीहरुको भविष्य अन्धकार बनाउने काम गरेको संघको आरोप छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्व विद्यालयका वर्तमान पदाधिकारीको अकर्मण्डयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहर भन्दा ठूलो रहेको बताएका छन् । 

त्रिविले सधै तयारी गर्दैछौं भन्ने रेडिमेड जवाफ दिएको र विश्व विद्यालयका पदाधिकारीबाट थप विकृति र विसंगति ल्याउने काम बाहेक केही गर्न नसकेको तिमल्सिनाको आरोप छ ।

परीक्षाको लागि सूचना सम्प्रेषण मात्र गरेको, अनलाइन कक्षा संचालन गर्न नसकेको, वैकल्पिक माध्यमबाट पनि परीक्षा संचालन गर्न नसकेको संघको आरोप छ ।

संघले विश्वबिद्यालयलाई जोगाउँदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षेपकारी भूमिकासहित विश्वविद्यालयको संरक्षणका निम्ति अपील गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ