arrow

आइपीएल क्रिकेट : कोलकाता २२ रनले विजयी, सनराइजर्सलाई झट्का

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
kolkata-win.jpg.jpeg
एजेन्सी । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादविरुद्ध २२ रनको रोमाञ्चक जित निकाल्यो । एक सय ७२ रनको चुनौती पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४९ रनमै  समेटिएपछि कोलकाता विजयी भएको हो । 
 
टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रनको योगफल बनायो । हैदरावादका लागि शिखर धवनले ५१ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै अंक स्कोर गर्न सकेनन् । बलिङतर्फ सुनिल नारिन एक्लैले ३ विकेट लिए । 
 
उता, कोलकातालाई विजयी गराउन युसूफ पठानले अविजित ५२ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । यस्तै, मनिश पाण्डेयले ४८ रनको योगदान गरे । 
 
यसैबीच, पराजयले हदैरावादलाई धक्का लागेको छ । यो हारले हैदरावादले अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात लायन्ससंग अंक बराबरी गर्ने अवसर गुमेको छ भने शीर्ष स्थानमा उक्लने सुवर्ण मौका समेत गुमेको छ । सिजन च्याम्पियनको टुंगो लाग्ने समयमा यो हार हैदरावादका लागि महंगो सावित भएको छ ।  
 
शीर्ष स्थानको गुजरातले पाँच खेल मात्रै हारेको भएपनि रनरेटका आधारमा हैदरावाद शीर्ष स्थानमा उक्लने ठाउँ थियो । १४ खेलमा गुजरातले ९ मा जित र ५ मा हार बेहोर्दै १८ अंक बनाएको छ । समान खेलमा हैदरावाद र कोलकाताले समान ८ खेलमा जित र ६ खेलमा हार बेहोर्दै १६–१६ अंक बटुले । यद्यपि, कोलकाता जितेर पनि तेस्रो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ