arrow

काँग्रेस उपमेयरको एक्सन, लेबल नभएका खाद्यान्न विक्रीमा रोक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
khadki._._._._.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की बजारमा रहेका लेबलबिहीन खाद्य वस्तुविरुद्ध एक्सनमा उत्रिएकी छिन् ।

खड्कीले आइतबार बिहानै काठमाडौंमा बजार अनुगमन गरी लेबल नभएका खाद्य वस्तुहरुविरुद्ध एक्सनमा उत्रिँदै त्यस्ता वस्तु विक्री वितरणमा रोक लगाएकी हुन् ।

आइतबार बिहानै कुलेश्वरमा रहेको जय माँ दूर्गा ट्रेडर्सले विक्री गरिसकेको तर ढुवानीका क्रममा रहेको खाद्यान्नमा रोक लगाउँदै खड्कीले सो खाद्यान्नलाई गोदममै फिर्ता गरिदिएकी छिन् ।

ट्रेडर्सबाट बिक्री भएर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका  रोक लगाउँदै गोदाममा फिर्ता पठाएकी हुन् ।

ती खाद्यान्नमा लेबल नभएको भन्दै खड्कीले गुस्तरहीन हुनसक्ने आशंकामा विक्रीमा रोक लगाएकी हुन् ।

ती वस्तुमा उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमासलगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका  कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो ।

ट्रेडर्सले पिकअप गाडीमा राखेर यस्तै सामान बनेपाको एविसि खाद्य स्टोरमा पठाउन लागेको थियो ।

खाद्य सामाग्रीमा हुनुपर्ने  आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान ट्रेडर्सको गोदाममा फिर्ता गराइएको अनुगमनपछि खड्कीले बताइन् ।

खड्की नेतृत्वको टोलीले उक्त ट्रेडर्ससँगै कुलेश्वरका अन्य खाद्य थोक पसलहरुको पनि अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो । अनुगमनका क्रममा कुलेश्वर क्षेत्रका अधिकांश पसल बन्द रहेका र सम्पर्क गरेर आउने ग्राहकका लागि केही पसल खोलिएका पाइएका थिए ।

अनुगमनमा लेबल नभएका वस्तु विक्री वितरण गरेको पाइएपछि उपमेयर खड्कीले खाद्यान्नको गुणस्तरमा ध्यान दिन आग्रह गरिन् । ‘खाद्य गुणस्तरमा ध्यान पु¥याउन सकिएन भने रोगसँग लड्ने क्षमता घट्छ । हुन त गुणस्तरमा कहिल्यै पनि समस्या आउन दिनु हुँदैन’ उनले भनिन्, ‘बिषम परिस्थितिमा त झन् चनाखो हुनुपर्छ । सबैले गलत गरेका छन् भन्ने होइन, जटिल अवस्थामा जोखिम मोलेरै भए पनि सामाग्री ढुवानी गरेकाकारण सहरी जीवन सरल भएको छ । तर, बिषम परिस्थितिको फाइदा उठाउनेबाट भने बच्नै पर्छ । यसका लागि हामी अनुगमनलाई नियमित गर्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ