arrow

टर्कीको नयाँ प्रधानमन्त्रीमा विनाली इल्दिरिम, राष्ट्रपतिय शासन व्यवस्थाको पक्षमा

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
20Turkey-web1-master675.jpg.jpeg
अङ्करा (टर्की) । टर्कीले विनाली इल्दिरिमलाई आइतबार नयाँ प्रधानमन्त्रीमा छान्ने भएपछि इल्दिरिमले पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले लागू गर्न लागु गर्न लागेका विवादित राष्ट्रपतिय शासन व्यवस्थालाई समर्थन गर्ने बताएका छन्  । 
 
टर्कीको वर्तमान संविधानले राष्ट्रपतिलाई कम शक्ति दिएको भए पनि राष्ट्रपति एर्डोगान देशमा राष्ट्रपतीय शासन व्यवस्थाको पक्षमा छन् । 
 
आइतबार प्रधानमन्त्रीमा छानिने लगभग पक्का भएपछि टर्कीका नेता इल्दिरिमले देशमा सन् २०१४ मा एर्डोगान राष्ट्रपति नियुक्त भएपछि देशको राजनीतिक अवस्थामा परिवर्तन आएको बताउँदै राष्ट्रपतीय शासन व्यवस्था र नयाँ संविधानको कार्यान्वयन देशको बृहत्तर विकासका लागि आवश्यक छ भने । 
 
वर्तमान् समयमा देखिएको यो वा त्यो व्यवस्था ठिक भन्ने छलफललाई लम्ब्याउनु भन्दा संविधानको परिपालना गर्ने र राष्ट्रपतीय शासन प्रणालीलाई लागू गर्नुपर्ने आवश्यक भएको उनले बताए । 
 
राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित संस्था भएकाले वर्तमान व्यवस्थालाई निरन्तरता दिनु राम्रो देखिएको उनको भनाई छ ।  टर्कीको संविधान अनुसार राष्ट्रपतीय शासन प्रणालीलाई लागू गराउन टर्कीको संसदमा पाँच भागको तीन भाग सांसद सदस्यको समर्थन प्राप्त हुनु जरुरी हुनेछ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ