arrow

साताको पहिलो दिन तीन सयले बढ्यो सुनको मूल्य

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
gold-jewellery.jpg

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ सय रुपैयाँ प्रतितोलाका दरले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावलको सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ प्रतितोला कायम गरिएको छ ।

यसअघि शुक्रबार ९६ हजार ९ सय रुपैयाँ प्रतितोला रहेको छापावालको सुनको मूल्य आइतबार ३ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँ पुगेको हो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ ।

शुक्रबार १३ सय ४० रुपैयाँ प्रतितोला कायम भएको चाँदीको मूल्यमा आइतबार कुनै उतारचढाव भएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ