arrow

वैदेशिक व्यापारमा १४ प्रतिशतले गिरावट

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
graph-new.jpg.jpeg
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा पछिल्लो नौं महिनामा झण्डै १४ प्रतिशतले गिरावट आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आर्थिक वर्ष २०७२–०७३ को अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ९ प्रतिशतले ह्रास आर्ई ५ सय ६१ अर्ब रहन गएको छ । 
 
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८ दशमलव ७ प्रतिशत र ९१ दशमलव ३ प्रतिशत रहेको छ भने समीक्षा अवधिमा नेपालको कुल निकासी २५ दशमलव ३ प्रतिशतले ह्रास आई ४८ दशमलव ७० अर्व रूपैयाँ पुग्न गएको केन्द्रको तथ्याङ्क छ । केन्द्रका अनुसार कुल पैठारीमा १२ दशमलव ६  प्रतिशतले ह्रास आई सो अवधिमा ५ सय १३ अर्बमा सीमित हुन पुगेको छ । आर्थिक वर्ष २०७१–०७२ को प्रथम नौ महिनाको अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः९.० भएकोमा आर्थिक वर्ष २०७२–०७३ को सोही अवधिमा निकासी—पैठारी व्यापारको अनुपात १ः१०.५ रहन आएको छ । 
 
सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी मुख्य छन् । 
 
समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १० दशमलव ९ प्रतिशतले वृद्धि भर्ई ५ दशमलव ९५ अर्व, तयारी पोशाकको निर्यातमा ५ दशमलव शून्य प्रतिशतले वृद्धि भई ४ दशमलव ३६ अर्ब पुगेको छ ।  यस्तै, फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५९ दशमलव ९ प्रतिशतले ह्रास आई ३ दशमलव ५० अर्ब, पोलिष्टर तथा अन्य धागोमा २५ दशमलव ९ प्रतिशतले ह्रास आई ३ दशमलव ६४ अर्व, मुसुरोको दालमा ४२ दशमलव ४ प्रतिशतले ह्रास आई ६१ करोड  पुगेको छ । समीक्षा अवधिमा ५३ करोड छाला, ३ दशमलव ५४ अर्बको  अलैंची, १ दशमलव ४५ अर्बको चिया, ३२ करोडको अदुवा,  ३७ करोडको चाऊचाऊ, ४३ करोड जडिवुटी, ६७ करोडको टुथपेष्ट, २ दशमलव ४१ अर्बको टेक्सटाइल, २ दशमलव ४ अर्बको पश्मिना सल, ५७ करोडको हस्तकलाका सामानहरु, ५२ करोडको नेपाली हातेकागज निकासी भएको केन्द्रका तथ्याङ्क अधिकृत कृष्णराज बजगाईले जानकारी दिए । 
 
उनका अनुसार नेपालको निकासी  व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, चीन, टर्की, फ्रान्स, इटाली, जापान, क्यानडा, वंगलादेश, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि देशमा हुँदै आएको छ ।
 
उता, पैठारीतर्फ भने आर्थिक वर्ष २०७२–०७३ को समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको  तुलनामा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ११ दशमलव ३ प्रतिशतले ह्रास आई ५१ दशमलव ७१ अर्ब रूपैयाँ पेट्रोलियम पदार्थमा ५२ दशमलव ८ प्रतिशतले ह्रास आई ४० दशमलव २२ अर्ब, यातायातका साधन र तिनका पार्ट पूर्जामा ६ दशमवल १ प्रतिशतले वृद्धि भई ३९ दशमलव २६ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा १३ दशमलव ७ प्रतिशतले ह्रास आर्ई २२ दशमलव ८८ अर्ब, औषधीमा ३८ दशमलव ६ प्रतिशतले वृद्धि भई १९ दशमलव ६४ अर्ब, मशिनरी तथा पार्ट्समा ८ दशलव ५ प्रतिशतले ह्रास आर्ई ३५ दशमलव ६३ अर्ब, पोलिथिन ग्रेन्युल्समा १ दशमलव ७ प्रतिशतले वृद्धि भई १० दशमलव ९१ अर्ब, कच्चा पाम आयलमा ३७ दशमलव २ प्रतिशतले ह्रास आई २ दशमलव २७ अर्व , दुरसञ्चारका सामाग्रीहरुमा ७ दशमलव ६ प्रतिशतले वृद्धि भई १६ दशमलव ०७ अर्ब, रसायनमा २ दशमलव ४ प्रतिशतले ह्रास आई ६ दशमलव ५५ अर्ब भएको छ ।
 
यसैगरी समीक्षा अवधिमा १० दशमलव ८६ अर्ब बराबरको सुन, ५ दशमलव २० अर्व बराबरको चाँदी, ११ दशमलव ६३ अर्ब बराबरको रासायनिक मल  तथा ७ दशमलव ४८ अर्व बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर (५.७७ अर्ब ), भटमासको कच्चातेल (९.५२ अर्ब ), तयारी पोशाक ( ९.६७ अर्व ), अन्न (२५.७८ अर्व ), ऊन (२.५७ अर्व ) पनि उल्लेख्य रुपमा पैठारी भएको देखिन्छ । नेपालको पैठारी व्यापारमा भारत, चीन, युएई, स्वीट्जरल्याण्ड, इण्डोनेशिया, थाइलेण्ड, फ्रान्स, संयुक्त राज्य अमेरिका,  अर्जेन्टिना, क्यानडा, जापान, मलेशिया, साउदी अरेविया र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् । 
 
नेपालको निर्यात गन्तव्यहरु मध्ये भारततर्फको निर्यातमा ३४.९ प्रतिशत ह्रास आएको हुनाले समग्र निकासीमा ह्रासोन्मुख स्थिति देखिएको छ । यसै गरी आयाततर्फ पनि समीक्षा अवधिमा भारतबाट हुने आयातमा पनि १६.३% ले  तथा अन्य प्रमुख श्रोत मुलुकबाट पनि आयातमा केही ह्रास आएको देखिन्छ  । परिणामतः आर्थिक वर्ष २०७२–०७३ को प्रथम नौ महीनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.० प्रतिशतले ह्रास आई  नेपालको कुल व्यापारघाटा ४६४.४३ अर्बमा सीमित हुन गएको छ केन्द्रले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ