arrow

लोकन्थलीका एक संक्रमितको मृत्यु

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
Dead_Body.jpg.jpeg

भक्तपुर । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना संक्रमित एक पुरुषको आइतबार मृत्यु भएको छ । 

पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीयको लोकन्थलीस्थित समिट अस्पतालमा आइतबार अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।

 संक्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उनले एक सातामा पिसिआर परीक्षण गरिने बताए । 

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
    
नेपाली सेनाको वीरदल गणका टोलीले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शव व्यवस्थापन गरेको गणपति शिव पौडेलले जानकारी दिए ।

यसअघि उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस संक्रमित भक्तपुर नगरपालिका –१ दूधपाटीका ६५ वर्षीय पुरुषको गए राति होम आइसोलेसनमै मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा संक्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि संक्रमित घरमै बसेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले जानकारी दिए । भक्तपुरमा हालसम्म चारचार महिला र  पुरुष  संक्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ