arrow

रुपन्देहीमा थपियो ६ दिन लकडाउन

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १४ आइतबार
kapilbastu-corona.JPG

रुपन्देही । रुपन्देहीमा लकडाउन अबधिलाई थप निरन्तरता दिईएको छ । यही भदौ ७ गते देखि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको लकडाउनको अवधि आज राति १२ सम्म गरिएको लकडाउनलाई थप गरी यही भदौ २० गते सम्मका लागि लब्याईएको छ । 

जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिएमसिसि) को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष निकाल्दै समयावधी बढाउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी पन्थको अध्यक्षतामा वसेको बैठकमा, बुटवल उप–महानगरपालिका, सिद्धार्थनगर नगरपालिकाका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले अत्याबश्यक बाहेक अन्य सेवाहरुलाई पुर्णरुप बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पन्थ द्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ