काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेविल्सलाई ६ विकेटले पराजित गर्दै पलेअफमा परवेश गरेको छ। यो जितसँगै अंक तालिकामा दोस्रो स्थानमा बैंगलोर उक्लेको छ।
विराट कोहलीको अर्धशतकको मदतले बैंगलोरले जित हात पारेको हो। बैंगलोरले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १३९ रन बानउँदै लक्षय प्राप्त गरेको थियो। कोहलीले ४५ बलमा ५४ रन बानएका थिए भने लोकेश राहुलले ३८ रनको योगदान दिएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो। क्वेन्टन डे-ककले ६० रन बनाएका थिए भने क्रिस मोरिसले २७ रनको योगदान दिएका थिए। बैंगलोरका युजवेन्द्र चहलले ३ विकेट लिएका थिए। त्यसैगरि क्रिश गेलले २ विेकट हात पारेका थिए।
दिल्लीले शुरुमा बैंगलोरलाई झटका दिएको थियो। १७ रन हुँदा बैंगलोरले २ विेकट गुमाएको थियो। क्रिस गेल र एबी डिविलियर्सको विकेट चाँडै गुामएको बैंगलोरकालागि विराट कोहली र लोकेस राहुलले ५६ रनको साझेदारी गरेका थिए। खेलका प्लेयर अफ म्याच विराट कोहली घोषित भएका थिए।
अंक तालिकामा गुजरात लायनस १८ अंकका साथ पहिलो स्थानमा रहेको छ भने बैंगलोर, हैदरावाद र कोलकाता १६-१६ अंका साथ क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन्।
गुजरात र बैंगलोरले पहिलो प्लेअफ खेल्ने छन्। बिजेताले फआईनलको यात्रा तय गर्नेछ भने पराजित टोलीले हैदरावाद र कोलकाता विचको बिजेतासँग फाईनलमा स्थान प्राप्त गर्न खेल खेल्ने छ।