arrow

कोरोना संक्रमितलाई हौसला दिन निगम प्रमुख भैरहवामा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १४ आइतबार
nepal-oil-corp.jpeg

भैरहवा । कोरोना पुष्टि भएका भैरहवा डिपोका कर्मचारीलाई हौसला दिन नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडैल  भैरहवा पुगेका छन् ।

उनी आधिकारिक ट्रेड युनियनका अध्यक्षसँगै भैरहवा पुगेका हुन् । निगमको प्रदेश ५ स्थित प्रादेशिक कार्यालय भलवारी, हवाई इन्धन डिपो भैरहवा तथा विक्री केन्द्र भैरहवामा कार्यरत ३ जना कर्मचारीमा साउन अन्तिम साता कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि निगमले स्थानिय होटलमा क्वारेन्टाइनमा राखेको थियो ।

निगमका कार्यकारी निर्देशक पौडेलले क्वारेन्टाइनमै रहेका कर्मचारीलाई भेटेर हौसला प्रदान गरेका निगमको प्रादेशिक कार्यालयका सूचना अधिकारी रमेश ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भदौ पहिलो साता कोरोना पुष्टि भएका कर्मचारीहरुसँगै काममा खटिएका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरुलाई पनि स्थानिय होटेलमा क्वारेन्टाइनमै राखिएको थियो ।

उनीहरुमा १४ दिन पछि भदौ १३ गते फेरि कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको निगम प्रादेशिक कार्यालयले जानकारी दिएको छ ।

यसअघि कोरोना पोजिटिभ देखिएका र सम्पर्कमा रहेर क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट पुन परिक्षण गर्दा शनिबार सबैको नेगेटिभ आएको भैरहवा डिपो प्रमुख राजन नेपालले जानकारी दिए ।

केही कर्मचारीमा कोरोना पुष्टि भएको र सँगैका कर्मचारी समेत कन्टयाक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा बस्नुपरेपछि निगमले केन्द्रिय कार्यालय काठमाडौंबाट कर्मचारी व्यवस्थापन गरेर सेवा सुचारु गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ