arrow

दार्चुलाका ५ जनामा स्क्रब टाइफसको संक्रमण

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ भदौ १४ आइतबार
scrub-typhus.jpeg

दार्चुला । दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । जिल्ला अस्पताल दार्चुलामा भाद्र १२ र १४ गते गरिएको परिक्षणमा ३ जना महिला र २ जना पुरुषमा स्क्रब टाइफसको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी तथा सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिए । स्क्रब टाइफस रोग संग मिल्दो जुल्दो लक्ष्यण लिएर अस्पताल आएका उनीहरुको आरडिटी परिक्षण गर्दा सङ्क्रमण देखा परेको उनले बताए ।
 
उनका अनुसार जिल्लाको महाकाली नगरपालिकाका १ जना पुरुष, मालिकार्जुन गाउँपालिकाका २ जना महिला र १ जना पुरुष र ब्याँस गाउँपालिकाका १ जना पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । उनीहरु मध्ये १ जनालाई धनगढी रेफर गरिएको छ, भने १ जनालाई जिल्ला अस्पतालमा भर्ना गरि उपचार भईरहेको उहाले जनाए । बाँकी ३ जनामा रोगका सामान्य लक्ष्यण देखिएका कारण घर फर्काइएको छ ।

पछिल्लो समय वर्षेनी देखिदै गएको स्क्रब टाइफस माइटबाट मानिसमा सर्ने गरेको छ । स्क्रब टाइफस रोग लागेमा शरीरमा रातो बिमिरा देखा पर्ने, ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने सिनियर अहेव भट्टले बताए । रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको उनले बताए । 

किर्नाको टोकाईबाट बँच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नु पर्दा केही ओछ्याएर मात्रै बस्नु पर्ने तथा शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसंग परामर्श लिन उनले सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ