arrow

गण्डकीमा कोरोना संक्रमित २१ सय ४४ पुगे, पोखरामा तीन थपिए

logo
हरि पन्त, 
प्रकाशित २०७७ भदौ १५ सोमबार
covid-test-positive-corona.jpg

पोखरा । पोखरामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगपालिका वडा नं ६, ८ र १५ मा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी पएको छ । तीनै जना संक्रमित पुरुष हुन् । उनीहरु ३७, ५५ र ५६ वर्षका छन् । 

यसैगरी गोरखाको गोरखा बजारमा पनि दुई जना संक्रमित फेला गरेका छन् । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिए । गोरखामा भेटिएका संक्रमित दुवै जना ३२ र ३६ वर्षका महिला छन् । 

यसैगरी लमजुङ  तनहूँमा पनि एक–एक जना संक्रमित फेला परेको डा। शर्माले जानकारी दिए । योसंगै गण्डकी प्रदेशमा सात जना संक्रमित थपिएका छन् । 

सोमबार बिहान ९ः१५ बजे दिइएको जानकारी अनुसार गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या २१ सय ४४ जना पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ