arrow

सुनकाे मूल्य बढ्याे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १५ सोमबार
gold-jewellery.jpg

काठमाडौं । आइतबार ३ सय रुपैयाँले बढेको सुनको मूल्यमा सोमबार पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ सय रुपैयाँले वृद्धि हुँदै छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै ९७ हजार २ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै आइतबार स्थिर रहेको चाँदीको मूल्यमा सोमबार वृद्धि भएको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आइतबार २३ सय ४० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य सोमबार १३ सय ६५ रुपैयाँ प्रतितोला रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ