arrow

रुपन्देहीका एक वन हेरालुले काम छोडेको ३ वर्ष सम्ममा पनि पाएनन् पारिश्रमिक

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ १५ सोमबार
ban-heralu.JPG

रुपन्देही । रुपन्देही स्थित सुखौरा हरियाली सामुदायिक वनका एक वन हेरालुले काम छोडेको ३ वर्ष  वितिसक्दा पनि आफुले पारिश्रमिक नपाएको वताएका छन् । 

साविकको मक्रहर गाविस वडा नं.१ र ९, पत्रमा उल्लेखित हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१३–१६ मा पर्ने सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समूहमा कार्यरत वन हेरालु तिलोत्तमा नगरपालिका वडा नं.११ का हरि वहादुर कुमालले आफुले डेढ वर्ष सम्म गरेको पारिश्रमिक नदिएको दुखेसो पोखेका छन् ।

२०७३ साल जेठ २ गते देखि वन हेरालुको रुपमा कार्यरत रहेका कुमालले डेढ वर्ष सम्म पनि आफुले काम गरेको पारिश्रमिक नपाएपछि अन्ततः काम गर्न छोडेको वताउँदै, उनले भने चुनावका वेला वनका अध्यक्ष वेद गिरीले अरु कसैको हात वाट ४० हजार रुपैयाँ दिएको भन्दै अझै वाँकी १ लाख २२ हजार रुपैयाँ रकम आफुले काम छोडेको ३ वर्ष पुगिसक्दा समेत पटक–पटक माग्दा समेत नपाएको गुनासो गरेका छन् ।

कुमालले भने, पटक–पटक माग्न जाँदा अध्यक्ष वेद गिरीले अहिले पैसा छैन् भएपछि दिउँला भन्दै टार्ने गरेको जनाउँदै आफु सोही वनमा आवद्धता गर्दाको नियुक्ति पत्र लाई हेर्दै मन वुझाउने गरेको सुनाए । यसविषयमा (हाम्रा कुरा) संगको कुराकानीमा सो वनका अध्यक्ष वेद गिरीले वन हेरालु कुमालले पारिश्रकिमक नपाएको स्विकार गरेका छन् ।

काम गराएर किन पारिश्रमिक नदिएको भन्ने जिज्ञासामा अध्यक्ष गिरी वनको आयस्रोत नभएकाले नदिएको भन्ने गैरजिम्मेवारी प्रतिक्रिया दिएको रेकर्ड (हाम्रा कुरा) संग सुरक्षित रहेको छ ।

अध्यक्ष गिरीका अनुसार करिव २ सय २२ हेक्टर क्षेत्रफल रहेको सुखौरा हरियाली सामुदायिक वनको झण्डै ४ वर्ष सम्म पनि साधारण सभा देखि नविकरण समेत हुन नसकेको स्थानिय उपभोक्ताहरुले वताएका छन् । साथै उपभोक्ताहरुले सामुदायिक वन भएपनि तर आफुहरुले खाना पकाउने देखि मृत्युवरण हुँदा समेत अन्तिम संस्कारका लागि काठ, दाउरा नपाउने गरेको दुखेसो पोखेका हुन् । सोही वनका वर्तमान अध्यक्ष गिरीको पोल्टामा सामुदायिक वन चल्दै आएको उपभोक्ताहरुको भनाई रहेको छ । 

उपभोक्तहरुले भने, अध्यक्ष गिरीको एकल हावीले हामीले खाना वनाउनलाई दाउरा, घर वनाउन काठ र पशु चौपायलाई खुवाउने घाँस समेत पाउँदैनौ । तर सोही वनमा सालका काठहरु चोरी तस्करी हुँदा पनि सुखौरा हरियाली सामुदायिक वनका अध्यक्ष देखि कार्यसमिति चुप लागेर वस्ने, यता उपभोक्ताहरुलाई वनमा समेत जान नदिने कार्यलाई शंकाको घेरामा राखेका छौं । यो कस्तो सामुदायिक वन हो हामी जान्न चाहान्छौं ।

नविकरण र अडिट समेत नभएको विषय जिल्ला वन कार्यालय रुपन्देहीलाई पनि जानकारी रहेको भन्दै उपभोक्ताहरुले जिल्ला वन कार्यालयले पनि खासै चासोका साथ नहेरेको गुनासो गरे । यसैविच सो विषयमा यता सुखौरा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वेद गिरीले साधारण सभा, नविरकरण र अडिट नभएको स्विकार्दै, तर उपभोक्ताहरुले भनेको वन वाट कुनै पनि काठ, दाउरा लिन नपाएको भन्ने गुनासो प्रति उक्त गुनासो सत्यता नभएको दावी गर्दै, उपभोक्ताहरुले लिईरहेको वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ