- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा सोमबार ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
कोहलपुर नगरपालिकाका १७ जना, नेपालगन्ज उपमहानगरपालिका ८ जना, खजुरा गाउँपालिकाका ६ जना र स्वास्थ्य संस्थाहरुमा कार्यरत ७ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।
यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ४० पुगेको छ ।
हालसम्म ७ सय ३० जना निको हुँदा ६ जनाको भने मृत्यु भइसकेको छ ।