arrow

कोपा डेल रे को उपाधि बार्सिलोनालाई, नेमार र अल्बाले दिलाए नाटकिय जित

२८ पटक उपाधि जितेको कीर्तिमान

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
copa-del-rey.jpg.jpeg
एजेन्सी । स्पेनिश किङ्स कप (कोपा डेल रे) फुटबलको उपाधि बार्सिलोनाले कब्जा गरेको छ । आइतबार राति स्पेनमा भएको फाइनलमा सेभियालाई २–० ले हराउँदै बार्सीलोनाले लगातार दोस्रो उपाधि जितेको हो । खेलको ३६औं मिनेटमा हेभियर मास्केरानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० जनामा समेटियो ।
 
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय अघि दुबै टोलीबाट गोल हुन सकेन । ९०औं मिनेटमा एभर बानेगाले रातो कार्ड खाएपछि सेभिया समेत १० जनामा समेटियो । थपिएको अतिरिक्त समयमा बार्सिलोनाका योर्डी अल्बाले पहिलो गोल गरे । उनले ९७औं मिनेटमा टोलीलाई अग्रता दिलाएका हुन् । 
अतिरिक्त समयको अन्तिम मिनेटमा सेभियाका ड्यानिएल क्यारीकोले समेत रातो कार्ड खाएपछि टोली ९ जनामा सिमित भयो । खेलमा केही सेकेण्ड मात्रै बाँकी छँदा नेमारले गोल गरेपछि बार्सिलोना २–० ले विजयी भयो । अल्बा र नेमारको संयुक्त प्रयास नै यो जितको मूख्य आधार हो । यी दुईले जितको जस लिएका छन् । यद्यपि, मुख्य प्रशिक्षक लुइस एन्रिकले मास्केरानो बाहिर निस्केपछि एक प्राकृतिक सेन्टर ब्याकका साथ आफ्नो रणनीति बदले । फ्रन्ट फुटमा आफ्नो पक्ष कायम गरे । 
 
उनले त्यति मात्र गरेनन् एक अस्थायी सेन्टरमा सेन्टर ब्याकका रुपमा सर्जिओ बस्कुइट्सलाई तैनाथ गरे । मिडफिल्ड इभाँ राकिटिचको भूमिका समेत महत्वपूर्ण रहयो । यस्तै, रक्षक रेजेमी म्याथ्युको दबाब कम गर्न मैदानमा रहेका फरवार्ड लियोनल मेसी, लुइस सुआरेज र नेमारलाई बढी भूमिका दिए । एन्रिकले अन्ततः नाटकिय जित दिलाए । 
 
संघर्षपूर्ण खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि थपिएको अतिरिक्त समय बार्साको पक्षमा रहयो भने, नाटकीय परिणामले बार्सालाई यो सिजनको दोस्रो उपाधि दिलायो । लुइस एन्रिककै पक्षमा नतिजा आउने क्रममा बार्साले सबै भन्दा बढी २८ पटक उपाधि जितेको कीर्तिमान बनाइको छ । 
 
यस सिजन बार्सिलोनाले स्पेनका प्रतिष्ठीत फुटबल प्रतियोगिता स्पेनिश लिग ला लिगा र कोपा डेल रे गरी दुई उपाधि कब्जा गरेको छ । युरोपा लिग च्याम्पियन बनेको सेभियाको घरेलु उपाधि जित्ने सपना चक्नाचुर भयो । सेभियाले हालसम्म पाँच पटक मात्र किङ्गस कपको उपाधि जितेको छ । दोसंोमा एथ्लेटिक बिल्वाओ छ । उसले २३ पटक किङ्गस कप जितेको छ । स्पेनिश ला लिगाको सर्वाधिक विजेता रियाल मड्रिड भने तेस्रोमा छ । उसले १९ पटक मात्रै उपाधि जितेको छ । 
 
Jordi Alba celebrates his extra-time goal that broke Sevilla's spirits in the Copa del Rey final and set Barcelona en route to victory
 
Rafinha shows his emotion after Alba's strike as the Barca players mob the goalscorer on the Vicente Calderon turf
 
Neymar embraces team-mate Lionel Messi after the former's goal ended all Sevilla hopes of a comeback in the cup final
 
Javier Mascherano is shown a red card after bringing down Kevin Gameiro with the Sevilla striker through on goal
 
Ever Banega hangs his head after seeing red late on scything down Neymar as the teams were levelled up ahead of extra time
 
It was another night to celebrate for Messi as he enjoyed a kiss from wife Antonella Roccuzzo on the pitch at the Vicente Calderon
 
Messi posed for a family photo with Antonella while carrying his son Thiago as Barca made it a double having sealed the La Liga title
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ