arrow

स्पेनिश खेलाडी सिल्भालाई कोरोना 

logo
प्रकाशित २०७७ भदौ १६ मंगलबार
david-silva.jpg

काठमाडौं । स्पेनिश खेलाडी डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण भएको छ । हालै स्पेनिश क्लब रियाल सोसिडाड आएका इंगलिश क्लब म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर सिल्भालाई कोरोना देखिएको सोसिडाडले पुष्टि गरेको हो ।

कोरोना देखिएपछि सिल्भा सेल्फ आइसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।

३४ वर्षीय सिल्भा सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् । सिल्भाले दुई साता अघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए ।


उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए । उनले प्रिमियर लिगमा ३ सय ९ खेल खेल्दै ६० गोल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ